web analytics

आईविआरडीका एक व्यापारीले गरे आत्महत्या !

पुनर्वास, साउन ०६
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ निवासी तारा खनालले सोमबार विष सेवन गरि आत्महत्या गरेका छन । पुनर्वासको आईविआरडी बजारमा व्यापार समेत गर्ने खनालले आइतबार बेलुका ८ बजे विष सेवन गरेका थिए ।

Sponsored Ads

पारिवारिक झगडाको बिषयमा तनावमा परेका खनालले बेलौरी नगरपालिकाको गोकुलपुर स्थित एक सुनसान सडकमा पुगेर विष सेवन गरि श्रीमतीलाई विष सेवन गरेको बारे जानकारी गराएका थिए । खनालका छिमेकी विश्वराज ढकालसंगै घटनास्थल पुगेकी श्रीमतीलाई देखेपछि भने उनले कुरा फेरेर आफुले विष सेवन नगरेको बताए ।

श्रीमती तथा छोराछोरीसंग फोटोमा । फोटो स्रोत: फेसबुक

घटनालाई नजिकबाट बुझेका प्रत्यक्षदर्शी विश्वराज ढकालका अनुसार राति १२ बजे उनका मामा गोपाल सुवेदीको घरमा लगि छादिएको थियो । तर उनले करिव २ बजे पुन आफुले विष सेवन गरेकाले लास हेर्न आईज भन्दै श्रीमतीलाई फोन गरेका थिए । तर श्रीमती पुगेपछि उनले पुनः आफुले विष सेवन नगरेको बताएक थिए । मामा गोपाल सुवेदीलाई शंका लाग्न थालेपछि पुनर्वास पोलिक्लिनिकमा लगिएको थियो । त्यहाँबाट उनले आफुलाई धनगढी लैजान आग्रह गरेका थिए । विहान धनगढी पुर्याएपछी भने उनले आफुले १५ वटा टाउको दुखेको बेला खाने औषधी र मुसा मार्ने औषधी खाएको स्वीकार गरेका थिए । जहर खाएको १२ घण्टापछी स्वीकार गरेका उनलाई सेती अञ्चल अस्पतालमा डाक्टरले कोहलपुर रेफर गरेका थिए । कोहलपुर लैजानेक्रममा बाटैमा उनले प्राण त्यागेका थिए ।

छोरीसंग खेल्दै गरेका मृतक तारा खनाल

शव धनगढी स्थित सेती अञ्चल अस्पतालमा पोष्टमार्टम पछी घर ल्याउन तयारी गरिएको छ । मृतकको एकछोरा, अनि एकछोरी छन ।

अति मिलनसार व्यक्ति गुमाउनु परेकोमा दु:ख लागेको छिमेकी ढकालले बताए ।

पुनपा ४ स्थित उनको घर । फोटो हाम्रै साझा पत्रिका

‘आइतबार अंशबन्डा तथा अन्य पारिवारिक कारणले घरमा विवाद उत्पन्न भएपछि सबै नातेदारहरु बसेर समस्याको समाधान गर्ने प्रयास गरेपनि भान्जाले आत्महत्याको विकल्प रोजे’ मृतकका मामा वडानम्बर ४ का वडासदस्य गोपाल सुवेदीले साझा पत्रिकासंग बताए ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.