web analytics

भोलि शहिद गोविन्द गौतमको शालिक अनावरण !

कञ्चनपुर । आनन्द बजार घटनामा सहादत हुनुभएका शहिद गोविन्द गौतमको असार २६ गते बिहीबार शालिक अनावरण हुने भएको छ । सुदुरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङको हातबाट बिहान १० बजे शालिक अनावरण गर्ने कार्यक्रम तय भएको पुनर्वास नगरपालिकाका नगरप्रवक्ता भारमल सुनारले जानकारी दिएका छन ।

Sponsored Ads

सुदुरपश्चिम प्रदेश सरकारको प्रदेश पुर्वाधार विकास कार्यक्रम अन्तर्गतको प्रदेश सभा सदस्य तारालामा तामाङको प्रदेश पुर्वाधार विकास योजनाबाट ८ लाखको बजेटमा शालिक र पार्क निर्माण भएको छ । त्यस्तै, पुनर्वास नगरपालिकाको ५ लाख बजेटबाट पार्कका लागि गेट र तटबन्ध निर्माण भएको छ । कुल १३ लाख बजेटमा निर्माण थालनी भएको पार्क शहिद गौतमको आफ्नै जमिनमा निर्माण भएको हो ।

पुनर्वास नगरपालिका ४ को नमुना सामुदायिक वन र नमुना प्राविसंगै रहेको शहिद गौतम निवास नजिकको ५ कठ्ठा जमिनमा हाल पार्क निर्माण भएको छ । पार्क नमुना सामुदायिक वनसंगै जोडिएकाले आगामी दिनमा अझै ठुलो बनाउन सकिने पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले बताएका छन ।

देशको सीमामा भारतीय अतिक्रमणको विरोधमा सहादत हुनुभएका शहिद गौतम सम्मान गर्दै उनको सम्झनामा पार्क निर्माण गरिएको वडा नम्बर ४ का वडाअध्यक्ष प्रेम बहादुर बस्नेतले बताए । उनी यस पार्कलाई पुनर्वासको नमुना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नसके पुनर्वासको विकासमा समेत यसले महत्त्वपूर्ण भुमिका खेल्न सक्ने बताउछन ।

भारतले दिनानुदिन अतिक्रमण गर्दै आईरहेको नेपालको सीमा रक्षाका लागि कञ्चनपुरको आनन्द बजारमा २०७३ फाल्गुन २६ गते भएको भारतीय आक्रमणमा भारतीय एसएसबीको गोलि लागि शहिद गौतमले सहादत प्राप्त गरेका थिए । भारतले नेपालीभुमिलाई जबर्जस्ती विवादित भुमि बताउदै अतिक्रमण गरिरहेको छ । सुदुरपश्चिमको सीमा सर्वेका लागि पटकपटक गठन भएका सीमासर्वे टोलिले अन्य ठाँउहरुमा सर्वेगरि सीमास्तम्भ समेत निर्माण भईसक्दा सुरक्षा चुनौती देखाउदैँ पुनर्वासमा भने सर्वे मात्र गरेका छन, सीमा स्तम्भ गाडेका छैनन् । भारतले पुनर्वास, बेलौरी लगायत कञ्चनपुरको दक्षिणीभेगको सीमावर्ती क्षेत्रमा कुनैपनी पक्की संरचना निर्माण गर्न दिएको छैन ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.