web analytics

नेपालीबाटै कुवेतमा बेचिएकी नेपाली चेलीको चीत्कार ‘मलाई यहाँबाट निकाल्नुस’

काठमाडौं, असार २४ । नुवाकोटको महाकाली वडा नम्बर ८ की अनु तामाङ कुवेतमा बेचिएकी छन । ५/६ महिना अघि दलालको प्रलोभनमा परि भारत हुँदै कुवेत पुगेकी तामाङलाई अहिले शारीरिक तथा मानसिक यातना भोगिरहेकी छन । राम्रो पैसा सहितको राम्रो काम पाउने आशामा कुवेत पुगेकी तामाङ अहिले आफुलाई उद्धार  गर्न पनि अपिल गरिरहेकी छन । उनले फेसबुकमा भिडियो सार्वजनिक गर्दै आफुलाई तत्काल निकाल्न गुहार मागेकी छन ।

Sponsored Ads

उद्धारका गरिदिनु भनी रुँदै अनु तामाङ ।

नेपालीबाटै बेचिन पुगेकी उनलाई घरमा काम गर्ने शाहुले बन्धक बनाई यातना दिने गरेको बताएकी छन । हाल भारतमा बस्दै आएका मानवतस्कर रमेश खत्रीले उनलाई कुवेत पुर्याएका हुन । खत्रीले यसरी नै थुप्रै नेपाली चेलीहरुलाई विभिन्न प्रलोभन देखाउदै कुवेत पुर्‍याउदै आएका छन । मानवतस्कर खत्रीको ठुलो गिरोह गरेको कुवेतमा बेचिएकी अनु तामाङ बताउछिन । युवतीहरुलाई कुवेत पुर्‍याईसकेपछी उनीरुलाई कहाँकहाँ पुर्‍याउने भनी जिम्मा गिरोहकी रिता नाम गरेकी महिलाले लिने गरेकी छन । मानवतस्करकी कुवेत स्थित एजेन्ट रिताले त्यहाँका साहुहरुलाई नेपाली युवती बेच्ने गरेकी छन ।

हेर्नुस् भिडियोमा 

उनको यो चीत्कारलाई चलचित्र निर्देशक तथा हाम्रै साझा पत्रिकाका रंगपत्रकार जिबि आग्रीले बिषय उठाएका छन । उनले सरकारका विभिन्न अंगहरुमा बिषयबारे जानकारी गराए तर सरकारी निकायबाट चासो दिएको पाईएन । उनलाई तत्काल उद्धार गरिएन भने उनलाई ज्यानको समेत खतरा रहेको छ ।

उनको रिहाइका लागि सरकारलाई दबाब सृजाना गराउन अनु “तामाङ उद्धार अभियान” #anu_tamang_uddhar_abhiyan नामक ह्यासट्याक सहितको अभियान सुरु भएको छ । यसमा तपाईंपनि सहभागी भएर सहयोग गर्न सक्नुहुनेछ ।

दिनानुदिन नेपाली चेली बेचिहँदा समेत सरकारले खास कदम चाल्न सकेको पाइदैन । मानवबेचविखन रोक्नका लागि खोलिएका सरकारी तथा गैरसरकारी संस्थाहरुले समेत यस कार्यमा उल्लेख काम गरेको पाइदैन ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.