web analytics

पुनर्वास नगरपालिकामा पनि राष्ट्रिय धान दिवस मनाईयो (फोटो फिचर)

कञ्चनपुर । सरकारले असार पन्ध्र गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउदै गर्दा कञ्चनपुरको पुनर्वास नगरपालिका समेत १६ औं राष्ट्रिय धान दिवस मनाईएको छ ।

Sponsored Ads

धान दिवस मनाउदै ।

पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाकै खेतमा धान रोप्दै आइतबार धान दिवस मनाइएको हो । नगरका सम्पुर्ण जननिर्वाचित प्रतिनिधिहरु, प्रमुख प्रशाकिय प्रमुख, कर्मचारीहरु, स्थानीय समाजसेवी, नेता, प्रहरी देखि सर्वसाधारणहरुले धान रोप्दै राष्ट्रिय धान दिवस मनाए ।

धान रोप्दै नगरप्रमुख थापा ।

कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले १६औं धान दिवसको शुभकामना व्यक्त गर्दै अब विद्युतिय सिचाइ प्रणालीमा लगेर यहाँको धान तथा अन्य सबै खेतीको उत्पादनमा वृद्धि गराईने बताउनुभयो । ३३ केभीए लाइन सहितको सव-स्टेसन बनेपछी यहाँको विद्युत समस्या समाधान हुने उहाँले बताउनुभयो ।

हेर्नुस् भिडियो : 

पुनर्वास नगरपालिकामा धान दिवस मनाईयो (फोटो फिचर)https://www.hamraisajhapatrika.com/2019/06/30/punarbas-2/

Posted by हाम्रै साझा पत्रिका Hamrai Sajha Patrika on Sunday, 30 June 2019

पुनर्वासमा अहिले मलखादको अभाव भईरहेको स्थितिमा विभिन्न सहकारीको माध्यमबाट यस समस्यालाई समाधान गर्ने प्रयास भईरहेको छ । उहाँले भन्नुभयो ; “भारतबाट आउने गुणस्तरहिन मलखाद प्रयोग भईरहेको छ । यसलाई रोक्नुपर्दछ, स्थानीयहरुमा यस्तो मलखाद प्रयोग नगर्न सचेत बनाउनु पर्दछ । बजारमा गुणस्तरिय मलखाद पनि उपलब्ध छ त्यसैले गुणस्तरहिन मलखाद प्रयोग नगरौं ।”

नगरपालिकाका प्रवक्ता तथा नगर कृषिशाखा संयोजक भारमल सुनारले पुनर्वासको कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि पुनर्वासको यस उर्वर भुमिमा विद्युतिय सिचाई अतिआवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले अबका केहि बर्षमा पुनर्वासको सबै खेतीयोग्य जमिनमा विद्युतिय सिचाईको प्रवन्ध मिलाउने नगरपालिकाको लक्ष्य रहेको जानकारी गराउनुभयो ।

औपचारिक कार्यक्रममा विचार राख्दै प्रवक्ता तथा कृषिशाखा संयोजक भारमल सुनार । फोटो : लाल बहादुर एसके

 

नेकपा कञ्चनपुर जिल्ला सदस्य पुर्णकुमारी गुरुङ धानखेतमा हिलोखेल्दै, धान रोप्दै ।
प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डे, मेयर जीवन थापा, नेता विश्वनाथ बिष्ट । क्रमस:

#धानदिवस #असारपन्ध्र #जिवनथापा #पुनर्वास

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.