web analytics

किन तरकारीको माला लगाए बेलौरीका मेयर चौधरीले ?

बेलौरी नगरपालिका कृषि विकास शाखा प्रमुख रणबहादुर मल्लले बेलौरी क्षेत्रको माटोमा सुन फलाउन सकिने बताउनु भएको छ । बुधबार बेलौरी नगरपालिका कृषि विकास शाखाको आयोजनामा आईपिएम कृषक पाठशाला समापन कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।

Sponsored Ads

कृषि उत्पादनका लागि यो क्षेत्र निकै उर्बर भुमिका रुपमा रहेको शाखा प्रमुख मल्लको भनाई छ । उहाँका अनुसार कृषकहरुले बैज्ञानिक तरिकाले कृषि उत्पादनमा जोडदिए यस बेलौरी क्षेत्रको माटोमा सुन फलाउन सकिने विश्वास व्यक्त गरे ।

आईपिएम उन्नत प्रविधि र कृषक प्रविधिको उत्पादन बिच अन्तर सम्बन्धका बारेमा प्रकाश पार्दै कलकत्ताको कृषि हाटबजारमा पाठशाला कार्यक्रम समापन गरिएको थियो  ।

कृषि शाखा द्धारा जैविक विषादीको प्रयोग र विषादी रहित उत्पादनको उपभोगका बारेमा कृषक समुहहरुलाई तलिम तथा अभ्यास गराईएको थियो । शाखाले बेलौरी नगरपालिका वडा नम्बर १० मा रहेको सम्झना आईपिएम कृषक समुह र वडा नम्बर ८ मा रहेको सृजना आईपिएम कृषक समुहलाई उन्नत प्रविधि र कृषक प्रविधि सम्बन्धी तालिम दिइएको कृषि शाखाका फिल्ड सहायक हरिश सेटिले बताउनु भयो ।

सेटिका अनुसार, उन्नत आधुनिक प्रविधि बाट सम्झना आईपिएम समुहले २.५० बर्ग मिटरमा २ क्विन्टल ७५ किलो तितेकरेला उत्पादन गरेको बताउनु भयो । यस्तै सोहि समुहले परम्परागत कृषक प्रविधि बाट २.५० बर्ग मिटरमा २० किलो मात्र तितेकरेला उत्पादन गरेको उल्लेख गर्नु भयो ।

उक्त कृषक समुहहरुले तरकारी उत्पादनमा परम्परागत प्रविधि भन्दा आधुनिक प्रविधि बाट मनग्य आम्दानी भएकोमा खुसी व्यक्त गरे ।  साथै समुहहरुले सिकाई उपलब्धी मुलक भएकोमा बेलौरी नगरपालिका कृषि विकास शाखा प्रति आभार समेत प्रकट गरे ।  बेलौरी नगरपालिका कृषि विकास शाखाले आगामी दिनहरुमा आईपिएम प्रविधिको उत्पादन तथा प्रयोग बेलौरीका १० वटै वडाहरुमा सञ्चालन गर्ने जनाएको छ ।

कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको प्रमुख आतिथ्य, उपप्रमुख चित्रकुमारी चौधरीको विशिष्ट आतिथ्य रहेको थियो भने आइपिएम कृषक समुहकि अध्यक्ष कलावति चौधरीको सभाध्यक्षता रहेको थियो ।

 

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले बेलौरी नगरपालिका अन्न भण्डारका रुपमा रहेकाले कृषिमा लगानी, प्रभावकारी उत्पादन र बजार व्यवस्थापनमा बिषेश जोड दिने बताउनु भयो ।

कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, नगर उपप्रमुख चित्रकुमारी चौधरी, कृषि शाखा प्रमुख रणबहादुर मल्ल, कृषि फिल्ड सहायक हरिस सेटि,  पशु सेवाका शेरबहादुर बुढा, वडाध्यक्ष नन्द कुमार राना, नगर प्रवक्ता बिनोद नेपाली लगायतका अतिथीहरुलाई कृषकहरुले तरकारीको माला लगाएर भव्य स्वागत समेत गरेका थिए ।

 

यसैविच, नगरको टोलिले कृषक समुहहरुले उत्पादन गरेको आईपिएम करेला खेतीको अनुगमन समेत गरेको  थियो ।

रेडियो सुदुरसञ्चारबाट साभार

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.