web analytics

सम्पादकीय/ सरकारले सहिद र बेपत्ता परीवारको पीडा कहिले बुझ्ने?

 

देशलाई वर्तमान लोकतान्त्रिक गणतन्त्र सम्म ल्याउन होस वा सिमा रक्षार्थ होस,हज्जारौं नेपाली युवाहरूले ज्यान गुमाएका छन । बिसौ हजार लालाबाला टुहुरा बनेका छ्न, हजारौंको संख्यामा सिउँदो पुछिएका छन । र त्यही सहिदहरुको लासमाथी वर्तमान व्यवस्था उभिएको छ । बेपत्ता परीवारहरु अझैपनि आफ्नो मान्छे आउने बाटो कुर्दै छन । आफन्तका आँखाहरु अझैपनी ओभानो भईसकेका छैनन । देशमा अपेक्षित शासन व्यवस्थाको बहाली भईरहँदा र निर्वाचन ताका नेताहरूबाट मिठा मिठा आश्वासन सुनीरहँदा सहिद र वेपत्ता परीवारले जुन आशा र सपना बुनेका थिए । त्यो केहि समय पछि नै निराशामा परिणत हुने सिलसिला चल्यो । विगतदेखीका सरकारसंग हारगुहार गरेर थाकिसकेका सहिद र वेपत्ता परीवार दुई तिहाई नेकपा सरकारसंग भने अलिबढी आशावादी थियो । तर हालसम्म पनि धैर्यताका साथ बसेका सहिद र वेपत्ता परीवारहरुको धैर्यताको बाँध टुटने अवस्थामा छ । पछिल्लो समय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भईरहदा त्यसमा सहिद र वेपत्ता परीवारको आर्थिक ग्यारेन्टीका सवालमा कुनै स्पष्ट खाका आउन नसक्नु निकै विडम्बनापूर्ण छ । सत्तासिन वर्तमान नेताहरूले जनआन्दोलन र जनयुद्धमा काँधमा काँध मिलाएर लडेको सहकर्मीको परीवारको विचल्लीको वेवास्ता गरीरहेको देख्न सकिन्छ । करोडौंको गाडीमा हिडने र देशको ढुकुटीबाट सुविधाको नाउँमा करोडौं खर्च गर्ने नेताहरुले आफ्नो महंगो जीवनशैलीलाई कम महत्व दिएर सहकर्मीहरुको पारीवारीक समस्यालाई थोरैमात्र पनि सम्बोधन गरीदिए उनीहरुको घाउमा थोरै भएपनी मलहम लाग्ने कुरामा दुईमत हुन सक्दैन । तर वास्तविकता अर्कै छ । सम्मान र सहयोग भाषणमै सिमित भएपछि सहिद र बेपत्ता परीवार टाउकोमा हात राखेर बाँच्न विवश छन । अझै घाइते परीवारको पीडा त झन वर्णन गरी साध्य छैन । ऊनीहरुलाई राज्यले भिखारी बनाईदिएको तितो यथार्थ कसैबाट लुकेको छैन । यसरी घाइते,बेपत्ता र सहिद परीवारको पीडा कम हुने कतैबाट सम्भावना देखिदैन । देशका लागि आफ्ना सन्तान,श्रीमान र अभिभावक गुमाएका नेपाली जनता सोधिरहेका छन, सहिद,घाइते र बेपत्ता परीवारको पीडालाई सरकारले कहिले बुझ्ने ?

COVID-19 Post ADS
Facebook Comments
Down to post ads-480-38

Comments are closed.