web analytics

सम्पादकीय/  देश कता जादैछ ?

 

Sponsored Ads

हजारौं जनताको बलिदानबाट सिञ्चित वर्तमान शासन व्यवस्था जनमुखी बन्न सकेका छैन । जनताहरु विकासका दिवास्वप्नमा बाँचेका छ्न । नेताको गफमा देश कहिले स्वीजरल्याण्ड बन्छ त कैले सिङ्गापुर बन्छ । तर कर्णालीको जनता पेटभरि चामलको भात खाएको अनि काठमाडौका जनता मेलम्चीको पानीले नुहाएको सपना देख्छ्न । तर देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । वाईड बडी विमान काण्ड, एनसेल प्रकरण, तेत्तीस किलो सुन काण्ड लगायत दर्जनभन्दा बढी काण्डको विरुद्ध कार्वाही गर्न असमर्थ देखिएको वर्तमान सरकारको कार्यशैली हेर्दा निराशालाग्दो छ । पछिल्लो समयमा राजधानी काठमाडौका सार्वजनिक जमिन अपचलनमा सरकार र अख्तियार अनुसन्धान आयोगका उच्च तहका व्यक्तिहरुको साँठगाँठ देखिनाले देशमा भ्रष्टाचारको संस्थागत विकास भईरहेको पुष्टि हुन्छ । नेताहरुको महंगो जीवनशैली, कमीसनतन्त्र र भ्रष्टाचारले देश विश्वका अतिगरीब राष्ट्रहरुको सूचीमा सामेल हुदैछ ।

बेरोजगारी र गरिबीले नेपाली समाज आक्रान्त छ ।

बेपत्ता र सहिद परिवारको पीडा जस्ताको त्यस्तै छ । सत्तामा पार्टी पुगेपछि आफ्नो समस्या समाधान हुने आशा अब निराशामा परीणत हुँदैछ । नातावाद र कृपावादले जरो गाडेपछी देशमा योग्यताको कुनै कदर नहुँदा युवाहरू विदेश पलायन हुनुभन्दा अर्को विकल्प देखिरहेका छैनन । युवाशक्ती विदेशीए पछि गाउँघरमा आईमाई,केटाकेटी र बुढाबुढीमात्र छन । पाखुरा बलिया भएका युवा शक्ति बिदेशिए पछि देशको विकासमा प्रश्न चिन्ह खडा भएको छ । युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने कुनै ठोस योजना आउने छाँटकाँट देखिएको छैन । शान्ति सुरक्षाको अवस्था दयनीय छ । बलात्कार पछि हत्या गरीएकी कञ्चनपुरकि निर्मला पन्तको हत्यारा पत्ता लाग्न सकेन । वा लगाउन चाहेन । घटना घटेको नौ महिना वितिसक्दा पनि यसमा जनताले सन्तोष मान्ने गरि खोजी अनुसन्धान हुन सकेन । बरु निर्दोष व्यक्तिहरु माथी हत्याको आरोप लगाएर सरकार पानी माथीको ओभानो बन्ने प्रयासमा लागेको देखिन्छ । देशमा बलात्कार, हत्या र आतंक बढ्दो छ । राज्यप्रतिको तिब्र असन्तोषका कारण कतिपय युवाहरू आतंककारी गतिविधिमा समेत सामेल हुन थालेका छ्न । नागरिकता सम्बन्धि नीति त्रुटिपूर्ण भईदिदा लाखौ भारतीयहरुले नेपाली नागरिकता लिईरहेका छ्न । जसको कारणले गर्दा केही बर्षमा नेपालीहरु नेपाल भित्रै अल्पमतमा पर्ने खतरा बढेको छ । आलोचना सहने बानी हटदैछ । प्रेस स्वतन्त्रता माथी निरन्तर हमला हुदैछ । यसले कताकता राजतन्त्रकालिन समयको झझल्को दिदैछ । विदेशीहरु डलरले देश किन्न उद्द्त देखिन्छन् । धर्म परीवर्तन मार्फत देशको सत्ता कब्जा गर्ने साम्राज्यवादी षड्यन्त्रमा देश फस्दैछ । बाहिरबाट हेर्दा देशमा ठूल्ठूला विकासका कुराहरू आएको देखिएता पनि देश आन्तरिक रुपमा निरन्तर खोक्रो हुँदैछ । देशको अर्थतन्त्र र विकास विदेशीको हातमा पुगिसकेको छ । यस लगायत अनगिन्ती समस्या, विकृति र विसंगतिले देशलाई गाँजीरहदा एउटा देशभक्त नागरिक हरेक दिन सोच्न बाध्य भईरहेको छ । देश कता जाँदैछ ?

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.