web analytics

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा ३६० जनालाई नि:शुल्क तालिम

कञ्चनपुर । नेपालमै युवायुवतीलाई विभिन्न व्यावसायिक तालीम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्दै स्वरोजगार बनाउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद सुदुरपश्चिम प्रदेशद्वारा ३६० जनालाई नि:शुल्क तालिम दिएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकाका कुनै तालिम नपाएका तथा सीपविहिन युवायुवतीलाई विभिन्न पेशागत तालीम दिइएको छ ।

Sponsored Ads

उत्पादनशील, रोजगारी, स्व–रोजगारी र जीविकोपार्जनका लागि न्यूनतम अवसर प्राप्त गर्नबाट समेत वञ्चित भएकालाई यस्तो तालिमका अवसरहरू प्रदान गरिएको तालिम कोडिनेटर मिरा चन्दले हाम्रै साझा पत्रिकालाई बताउनुभयो ।

उहाँले उत्पादनशील जनशक्तिलाई आवश्यकता अनुसारका व्यावसायिक तथा पेसागत क्षेत्रहरूमा दक्षता हासिल हुने गरी सीपमूलक शिक्षा र तालिम उपलब्ध गराईएको जानकारी दिनुभयो । उहाँले सिलाईकटाइ, बेमौसमी तरकारी खेती र ब्युटीपार्लर तालिम दिएर उत्पादनशील जनशक्तिलाई आत्मनिर्भर बनाउन खोजिएको बताउनुभयो ।

पुनर्वासको आइबिआरडी बजारमा सिलाईकटाई सिक्दै गरेकी एक सहभागीले सिप सिकेर यसबाट स्व-रोजगार बन्न चाहेको बताउनुभयो । त्यस्तै, ब्युटीपार्लर सिक्दै गरेका सहभागीहरुले तालीम लिएपछि यसै पेशामा आवद्ध भई स्व–रोजगार भएर जीविकोपार्जन गर्न सकिने बताउनुभयो । त्यस्तै, कृषि तालीम लिएकाहरु समेत बेमौसमी तरकारी खेतीबाट राम्रो बजार मुल्य समेत पाउने हुँदा यहीँ पेशलाई अंगाल्ने बताउनुभयो । बेमौसमी तरकारी खेतीको तालिम लिइरहेका तुलसी बहादुर तामाङले बेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने हुँदा तालिम एकदमै प्रभावकारी भएको बताउनुभयो ।

३९० घन्टा दिइने तालिम भिमदत्त पोलिटेक्निकल इन्ष्टीच्युट पाटन बैतडीले दिएको छ । २०-२० जनाको समुहमा ३७ जना दक्ष प्रशिक्षकद्वारा तालिम दिइरहेको छ । सिलाईकटाईमा लेभल १, व्युटिपार्लरमा लेभल १ तथा कृषि तर्फ बेमौसमी टमाटर खेती, खुर्सानी, लौका, फर्सी, काक्रो, गोवि लगायतका तरकारीहरुको तालीम दिइएको छ ।

 

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.